काठमाडौं– नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको निर्वाचित भएकी छिन् । विद्रोही उम्मेदवार रमेश विष्टलाई पछि पार्दै शर्मा महासंघको अध्यक्षमा निर्वाचित भएकी हुन् ।
शर्माले ४ हजार २८२ मत पाउँदा विष्टले ३ हजार २०३ मत पाए । यसैगरी अध्यक्ष अर्का उम्मेदवार देवीप्रसाद सापकोटोले २७० मत पाउँदा लालसिंह लामाले भने ९६ मत पाए ।
शुक्रबार भएको निर्वाचनको मतपरिणाम निर्वाचन समितिले आइतबार राति अबेर सार्वजनिक गरेको हो । अघिल्लोपटक प्रेस युनियनका विपुल पोखरेलसँग पराजित शर्माले यसपटक प्रेस युनियनसँग गठबन्धन गर्दै ऐतिहासिक जित कायम गर्न सफल भएकी हुन् ।
योसँगै शर्मा पत्रकार महासंघको इतिहासमा नेतृत्वमा पुग्ने पहिलो महिला बनेकी छन् ।यसैगरी पत्रकार महासंघको वरिष्ठ उपाध्यक्षमा प्रेस युनियनका दीपक आचार्य ४ हजार २३० मत पाउँदै निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रेस सेन्टरका रोसन पुरीले २ हजार ८८६ मत पाए । महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५ मत पाउँदै लोकप्रिय मत पाउँदै निर्वाचित भइन् । अर्का उपाध्यक्षमा उमिदप्रसाद बागचन्द निर्वाचित भए ।महासचिवमा प्रेस युनियनका रामप्रसाद दाहाल
निर्वाचित भए । खुल्ला सचिवमा रमेश खतिवडा, महिला सचिवमा सोनी शर्मा, आदिवासी सचिवमा सबिन प्रियसन, मधेसी सचिवमा अशोककुमार तिवारी र दलित सचिवमा प्रकाश धौलाकोटी निर्वाचित भए ।
यसैगरी एसोसिएट सविमा वैकुण्ठराज पराजुली निर्वाचित हुँदा कोषाध्यक्षमा भने गठबन्धनका रामकृष्ण ज्ञवालीलाई पराजित गर्दै प्रेस सेन्टरका रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । अधिकारीले ३ हजार ८४७ मत पाउँदा ज्ञवालीले ३ हजार ४६४ मत पाए ।