काठमाडौं– फिल्म ‘शीरफूल’मार्फत निर्देशनमा डेब्यू गरेका कमल एक्चैमगरले नयाँ प्रोजेक्टमा हात हालेका छन् । म्युजिक भिडियो निर्देशन गर्दागर्दै फिल्मतिर कमलले अब ‘डेसान’ निर्देशन गर्दैछन् । उक्त फिल्मका लागि कलाकारसमेत चयन गरिसकिएको छ ।
फिल्म छायाङ्कनको दिन नजिकिँदै गर्दा फिल्म ‘डेसान’का लागि नम्रता सापकोटा अनुबन्धित भएकी छन् । नम्रताले आफू फिल्ममा देखिन लागेको सामाजिक संजालमा लेख्दै पुष्टी गरेकी हुन् ।
पर्फर्मिङ आर्ट क्रिएसनको प्रस्तुतिमा फिल्म बन्न लागेको फिल्ममा यसअघि निशान चौहान, पुनम थापा, कविता आले, भोला सापकोटा, नुरुङ राई, आरुषजंग सारुलगायत फाइनल भइसकेको निर्माणपक्षले जनाएको छ । निर्देशक कमलका अनुसार अब चाँडै फिल्म फ्लोरमा जानेछ । यस फिल्मलाई चक्र महर्जनले खिच्दैछन् । निशान यसै फिल्मबाट डेब्यू गर्न लागेका हुन् ।