काठमाडौं - करण राईले डेडलक कपाल मुण्डन गरेका छन् । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईले नयाँ गीत ‘यो के गरेको तिमीले’ का लागि कपाल मुण्डन गरेका हुन् ।
राईले याे नयाँ गीत ‘यो के गरेको तिमीले’ करण राई युट्युव च्यानलमा्र्फत सार्वजनिक गरेका हुन् । डम्बर नेपालीको शब्द तथा संगीत रहेको गीतलाई गोपाल रसाईलीले एरेञ्ज गरेका छन्, भने देबेश राईले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
सार्वजनिक भएको मर्मस्पर्सी गीतसँगै यसको म्युजिक भिडियोले दर्शकलाई रुवाउन सक्छ । निर्देशक शान थापाको निर्देशन तथा गायक स्वयम करणकै कन्सेप्टमा तयार भएको भिडियोमा एक प्रेमीको वियोगान्त कथा प्रस्तुत गरिएको छ ।
कुलतमा फसेकी एक युवतीको प्रेममा परेको प्रेमीले माया गर्दा पाएको दुखहरु, स्वार्थहरु भिडियोमा फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा करणको साथमा मोडल कृशला तामाङ फिचर्ड छन् । करण र कृशला जोडीको दमदार अभिनय देख्न सकिन्छ ।
करणले आफ्नो डेडलक कपाल म्युजिक भिडियोको कथा अनुसार सुटिङमै कपाल मुण्डन समेत गरेका छन् । दिनेश पराजुलीको छायाँकन तथा विबेक सुनारको सम्पादन रहेको म्युजिक भिडियोमा सुप्रिम पराजुलीको कलर रहेको छ ।