काठमाडौं - बुधबार सेयर बजार घटेको छ । नेप्से परिसूचक ५.६० अंकले घटेको छ ।समग्रमा बजार घटे पनि बुधबार ८१ कम्पनीको सेयर मूल्य बढेकाे छ ।
२६३४ बिन्दुबाट सुरु भएको बजार २० मिनेटपछि बुधबारको उच्च अंक २४५६ बिन्दुमा उक्लिएको थियो । त्यसपछि उतारचढाव भएर परिसूचक २६२८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
सपोर्ट माइक्रोफाइनान्स र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट नै लाग्यो । त्यसैगरी मानुषी लघुवित्त र सिकलेस हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।
बुधबार १४९ कम्पनीको मूल्य घट्यो । कुथेली बुखरीको झण्डै १० प्रतिशतले मूल्य बट्दा डोल्टी पावर कम्पनीको मूल्य ५.३३ प्रतिशतले घट्यो ।
कारोबार रकमका हिसाबले बुधबार जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार समग्र बजारमा ४ अर्ब २७ करोड ८२ हजारको कारोबार भयो ।