काठमाडौ - पत्रकार, समाजसेवी मोहन कार्कीले संसार बदल्नु छ भने आफु पहिला बदलिएर देखाउनुपर्छ भन्ने उदाहरण दिदै नेकपा (माले) पार्टीको केन्द्रीय सदस्य परित्याग गरी (रास्वपा) मा प्रवेश गरेका छन् । उनी रास्वपामा लागेको झण्डै २ वर्ष पछि भएको रामेछाप जिल्ला भेलाले उनलाई रामेछाप जिल्लाको उपसभापतिको जिम्मेवारीमा सर्वसहमत गरेको हो ।
उनी मनोनयन भएको ११ दिन बित्न नपाउदै रामेछाप–काठमाण्डौ सम्पर्क बिभागको गठन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । पत्रकारितासँगसगै समाजसेवा समेत गर्दै आएका कार्कीले अहिले रास्वपाको नीति भन्दा पनि जनतमा छाएका निराशाले चरम रुप लिएको अरु कुनै विकल्प नै नभएको हुनाले रास्वपाले नेतृत्व लिनुपर्छ । त्यो किन भने देशमा उद्योग कलकारखाना स्थापना हुन नसकेको नेपालीहरुलाई एकजुट बनाएर लैजाने सकरात्मक दियो विवेकशील पार्टी स्थापना हुदा उज्वल थापाको नेतृत्वमा शुरु भएको थियो । त्यतिवेला देखिको अभियानलाई साझा पार्टी हुदै विभिन्न अभियानहरुको संयुक्त साझा संस्थाको रुपमा रास्वपाले प्रतिनिधित्व गरेको हुनाले अव छिट्टै जनताको बीचमा विगतमा राजनीतिक पार्टीले गरेका कुरीतिहरुलाई भण्डाफोर अभियान मार्फत लैजाने र रास्वपामा सवैलाई गोलबद्ध गरी नेपाल देशभित्रनै रोजगार सम्भव छ ।
नेपाल देश बनाउन नेपालीले नै सक्छन् । त्यो आत्म विश्वास युवा पुस्तामा छ । ति युवा पुस्ताको आसा र भरोसा भनेको रास्वपाले जगाएको युवा प्रतिको उत्साहा हो भन्दै बिभिन्न सञ्चारकर्मीको प्रश्नको उत्तर दिॅंदै कार्कीले आफ्नो अभिव्यक्ति दिएका हुन् ।केन्द्रीय सभापति रवि लामिछाने माथि लगाईएको मुद्दा निष्पक्ष छानविन हुनुपर्ने सत्तामा रहेको शक्तिको आडमा प्रतिसोध साधेर छानवीनलाई प्रभावित नपार्न सरकारलाई समेत आग्रह गरेका छन् ।
राजनीतिक प्रतिसोध साधि छानवीनलाई प्रभावित पारेर सत्य र न्याय मार्ने काम गरेमा जनता बीचमा गई सरकारको भण्डाफोर गर्ने भन्दै उक्त अभियानको नेतृत्व लिन तयार भएको समेत बताएका छन् । कार्कीको व्यक्तित्वः साहित्यकार, लेखक समेत हुन् । उनले लेखेको माइली नामक उपन्यास, आउन साथी आउ सवै मिली विजयीको मिठो गीत गाउँ स्वदेश गान, कृषि–पर्यटन–जनविधुत सम्बन्धि समेटेर लेखेको “कृपज” नामक कृति समेत प्रकाशन गरिसकेका व्यक्तित्व हुन् । उनको नेतृत्वमा जन आकाश मिडिया समेत सञ्चालनमा छ ।