काठमाडौं-नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको अभियोगमा २ जनालाईआइतबार प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश आग्रा सिकान्द्रा पन्चायत घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन् ।
उनीहरूले काठमाडौं टोखा नगरपालिका-३ स्थित ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको फ्ल्याटमा नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई मोबाइल ५ थान, ल्यापटप १ थान र सिमकार्ड ८ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।