काठमाडौं - नेपाली बजारमा सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलाको एक लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार तोलाको एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो ।त्यसैगरी चाँदीको भाउ ५ रुपैयाँ बढेर तोलाको एक हजार ७ सय ९५ मा कारोबार भइरहेको छ । आइतबार तोलाको एक हजार ७ सय ९० थियो ।