मुगु - मुगु जिल्लाका अधिकांश युवाहरु रोजिरोटी र जिवन निमार्णको लागी नेपालका ठूला शहर र भारत तिर लागेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु कामका लागि शहर र भारत तिर लागेका हुन् ।
“गाउँमा उत्पादन गरेको खेतिले घर परीवारको जिवन निबाह गर्न ५,६ महिना पनि नचल्लर्ने भएको हुदा , खेतमा बर्सेनि बाली लाउनलाई सिँचाइ सुविधा छैन ।गाँउ घरमा अन्य कुनै पनि आयस्रोत नहुदा राज्यका तिनै तहका सरकारले युवा लक्षित कार्यक्रम नल्याउदा युवाहरु घर छोडेर प्रदेश तिर लाग्य पछि गाँउ घरमा बिरामी पर्दा उपचार गर्ने मर्दाको मलामी जन्तको जन्तीको लागी युवाहरु भेटिँदैनन् ।
मुगु जिल्लाको सोरु गाँउपालिका अर्न्तरगत धैन, कालै, भिई, नार्थर्पु, फोतु, लिब्रु, कच्र्चे, रुम, ख्याल्च, बुम्च, सिरुपटा,खत्याड गाँउपालिकाको अमाले, लुमेरा, सेरी, जाम, जुम्फै ,गम्था, कोट डाँडा, रासकोटीवाडा, ह्रयाङ्गलुकाका युवाहरु नेपालका अधिकांश शहर र भारतका विभिन्न शहरमा कामका लागि गएका छन् ।
यसैगरी छाँयानाथ रारा नगरपालिका अर्न्तरगत रुगा,रोवा,पिना, कार्कीवाडा, ढुम, बाम, मुन्दर कोटीला थार्प,तिर्थ लगाएत ४,५ दर्जन भन्दा बढी वस्तीका युवाहरु नेपालका अधिकांश शहर र भारतका विभिन्न शहरमा कामका लागि गएका छन् ।
आफ्नो ज्यान पाल्न र घर परिवारलाई लता कपडा भाडा वतनको लागि गाँउ छोडेपछि गाँउमा यतिखेरा युवाहरु गाँउ बिहीन हुँदा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुराउने,विवाह व्रतबन्दन गर्दा ,मान्छेको मृत्यु हुँदा मलामीसम्म पाइँदैन ।
गाँउमा स्थानीय सरकारका केही पूर्वधारका आयोजना भए पनि आफ्ना नाता गोताहरुलाई योजना दिने गरेकाे पाइन्छ । स्थानीय सरकारकै पूर्वधारका काम जस्तै डोजर लगाउने काममा पनि लागेका छन् तर थाेरै युवाहरूले मात्र यी राेजगार पाएका छन् । राज्यका कुनै पनि तहले युवाहरुलाई रोजगारी हुने कार्यक्रमहरु नल्याएको हुनाले गाँउमा धेरै युवाहरु गाँउ छाेडेर जाँदा गाउँ युवाबिहीन भएका छन् ।
हिजो आज गाँउमा महिला बाल बच्चा मात्र रहेको सोरु गाँउपालिका वडा नम्बर ९ कालै गाँउकी असौजी नेपालीले बताउँछिन् । मुगु जिल्लामा रहेका एक नगरपालिका र तीन गाउँपालिका भएको नजिकको स्थानीय सरकार भए पनि युवाहरुलाई विभिन्न आयआर्जनका कार्याक्रम सञ्चालन गरिएको दाबि भए पनि अधिकांश युवाहरु भारतका विभिन्न शहर,लगाएत नेपालका काठमाडौं, धरान ,बुटवल,चितवन,नेपालगंन्ज, भैरवालगाएतका शहरमा युवाहरु मदुरी र ब्यापार गर्न गएका छन् ।
स्थानीय सरकारबाट सडक लगाएत अन्य विभिन्न पूर्वधारका भवन निमार्ण गरे पनि आफ्ना मान्छे आफन्तहरुलाई उपभोक्त्ता समिति बनाउने ,सडक बनाउदा आफ्नो मान्छेको डेजर(स्काईभेटर) लगाउनाले सबै काम एक मेशिन र सिमीत मान्छेले रोजगार पाउर्ने भएका छन् । हामी गाँउपालिका ,प्रदेश संघमा पहुँच नपुगेका मान्छेहरुले कहाँबाट रोजगार पाउनु त्यसैले गाउँमा खाली बस्नु भन्दा रोजिरोटीको लागि भारतका गल्ली गल्ली गहेर मज्दुरी गरेर घरपरिवार चलाउदै आएको सोरुगाँउपालिका वडा नम्बर ९ कार्लका जाडनाथ योगीले बताएका छन्।
यता स्थानिय सरकार सोरु गाउँपालिकाले युवाहरुलाई गाउँमै रोजगारीको लागी युवा लक्षित विभिन्न कार्यक्रम उपाध्क्षय कोषमार्फत आयआजनका कार्यक्रम सन्चालन गदै आएकाे गाँउपालिकाका उपाध्क्षय केशरजङ्ख शाहीले बाताएका छन् । " तै पनि पालिकाको थोरै बजेटले सबै युवाहरुलाई समेट्न नसकिने भएकाले भौगोलिक दुर्गमका कारण खेतियोग्य जमिन कम हुनाले ब्यवसाय खेती गर्न पनि गारो भएको छ ।" विगतका वर्षहरु भन्दा पछिल्ला वर्षहरुमा धेरै युवाहरु नेपालका ठूला शहर र भारतका विभिन्न शहरमा रोजीरोटीको लागि गएको हुनाले आउँदा दिनहरुमा युवाहरुलाई गाँउमै रोजगार दिने विभिन्न कार्याक्रम ल्याउर्ने तयारी हुँदै गरेको सोरु गाँउपालिकाका उपाध्क्षय केशरजङ्ख शाहीले बताएका छन् ।