काठमाडौं- सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ थियो ।
सुनको मूल्य बढ्दा चाँदी स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १८०० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।