काठमाडौं- सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५० हजार ३ सय रुपैयाँ थियो ।
अाज सुनको मूल्य बढ्दा चाँदी पनि १५ रुपैयाँले बढेकाे छ । महासंघका अनुसार अाज चाँदीकाे मूल्य १८ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिनकै मूल्य प्रतितोला १८०० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।