काठमाडाैं- ज्योति विकास बैंक"Excellence in Digital Transactions" अवार्डबाट सम्मानित भएकाे छ । ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेकोमा नेपाल क्लियरिङ हाउस लिमिटेड ("Excellence in Digital Transactions" ) अवार्डबाट सम्मानित भएको हाे ।
NCHL को १६औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाललाई विकास बैंकहरू मध्ये उत्कृष्टताको लागि यो प्रतिष्ठित अवार्ड प्रदान गरेकाे हुन् ।
ज्योति विकास बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ Digital Banking निर्माणलाई निरन्तरता दिंदै आएको छ।
बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको छ। अत्याधुनिक डिजिटल अभ्यासहरूलाई उच्च प्राथमिकता दिंदै बैंकसँगको कारोबारलाई थप सबल र प्रभावकारी बनाउन बैंक प्रतिवद्ध छ।
डिजिटल बैंकिङको प्रयोग बढेसँगै बैंकले सोहि प्रक्रियामा आवश्यक पर्ने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य विवरण सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।