काठमाडौं- सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अाजका लागि प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँ मूल्य तोकेको छ । शुक्रबार सुनकाे मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ थियो ।
अाज सुनको मूल्य घट्दा चाँदी पनि २५ रुपैयाँले घटेकाे छ । महासंघका अनुसार अाज चाँदीकाे मूल्य १७ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार मूल्य प्रतितोला १८सय १५ रुपैयाँमा चाँदीको कारोबार भएको थियाे ।