काठमाडाैं - काठमाडौंमा शनिबार गोली चल्दा दुई जना घाईते भएकाे स्थानीय प्रहरीले जनाएकाे छ। काठमाडौंको मुलपानीकाे पिपलबोटमा गएराति गोली चल्दा दुई जना घाईते भएका हुन् ।
पक्राउ पर्नेमा खोटाङका साहिद शंकर रहेका छन् । शंकरले राती अर्जुन श्रेष्ठको घरमा गोली चलाएकाे भन्दै प्रहरीले उनलाई पक्राउ गरेका हुन्। गोली लागेर श्रेष्ठ र उनकी श्रीमती घाइते भएका छन् । हाल श्रेष्ठ दम्पत्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
काठमाडौं जिल्ला प्रहरी परिषद्काअनुसार पारिवारिक एवं व्यक्तिगत रिसइबीमा गोली चलेको बताइएकाे छ । पेस्तोल लिएर धर्काउँदै मुलपानी पुगेका शंकरलाई स्थानीयले प्रतिकार गर्न खोज्दा उनले गोली चलाएका थिए । स्थानीयको कुटपिटबाट शंकर घाइते भएका छन् ।
प्रहरीले पेस्तोल र शंकरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे काठमाडौं जिल्ला प्रहरी परिषद्का प्रवत्ता नवराज अधिकारीले बताएका छन् ।