काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मध्यपुर थिमि नगरपालीकाले संस्कृतिलाई कहिलै नासिन नदिने विश्वास व्यक्त गरेका छन् ।
मध्यपुर थिमि नगरपालिकाले आयोजन गरेको मध्यपुर महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालीकाले संस्कृतिलाई कहिलै नासिन नदिने विश्वास व्यक्त गर्नु भएको हो ।
महोत्सवको अवलोकन गर्दै मन्त्री पाण्डेले देशभर गरिने महोत्सवहरुले पनि यो महोत्सवबाट सिक्नु पर्ने बताए । भौगोलिक रुपमा सानो नगरपालिका भए पनि यो नगरले विशाल संस्कृतिको संरक्षण गरेको उनको तर्क थियो । उनले महोत्सवमा प्रस्तुत गरिएका हरेक कुरालाई हेर्दा यो महोत्सव नभएर खुला संग्रहालयको रूपमा रहेको समेत उल्लेख गरे ।
यस्तै मन्त्री पाण्डेले हाम्रो संस्कृति र जीवनपद्धति कसरी हुर्काएका थिए भन्ने समेत यो महोत्सवले प्रष्ट पारेको उनको भनाइ छ । तीन दिनसम्म संचालन भएको महोत्सव पाँच लाख भन्दा बढीले अवलोकन गरेका थिए । महोत्सवमा स्थानीय उत्पादन मात्र प्रदर्शन तथा बिक्री वितरण गरिएको थियो ।