काठमाडौं-संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन् २०२५ देखि ०३५लाई पर्यटन दशककाे रूपमा मनाउने उद्घाेष गरेका छन् । २६ अाैँ नेपाल टुरिजम बाेर्डकाे वार्षिकोत्सब समाराेहलाई सम्बाेधन गर्दै मंगलबार मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्।
मन्त्री पाण्डेले भने, "सन् १९९८ मा पहिलाे पटक नेपाल पर्यटन वर्षकाे रूपमा मनाएका थियौं । यसअघि नेपाल सरकारले सन २०२२ देखि २०३२ लाई पर्यटन दशककाे रूपमा मनाउने घाेषणा गरेकाे भए पनि त्याे कार्यविधि अभावका कारण त्याे पूरा हुन सकेन्। सरकारले अब सन् २०२५देखि ०३५ लाई पर्यटक दशककाे रूपमा मनाउने छ।"
नेपाल पर्यटन पर्यटन विकासको लागि पर्यटनमैत्री नीति आवश्यक रहेको कुरालाई मध्यनजर गर्दे सरकारको नयाँ पर्यटन नीति तयार गरिरहेको र अब छिट्टै नयाँ नीति आउने उनले बताए । उनले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणालाई आत्मसात गर्दै अन्तरराष्ट्रिय प्रर्वद्धनका कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाउन, डिजिटल मार्केटिङलाई जोड दिन निर्देशन दिए ।