मुगु - मुगु जिल्लाको पूर्वय भेगमा रहेको मुगमकामारोङ्ख गाँउपालिका वडा नम्बर ८ माग्री गाँउमा कुटानि पिसानि विद्युतीय मिल स्थापना भएपछि त्यहाँका स्थानिय नागरिकलाई सहज भएको छ ।करानि सामुदायक विकास केन्द्रको आसर्थक तथा प्राविधिक सहयोगमा गाँउमै विद्युतिय तिय मिल सञ्चालनमा ल्याएकाे हाे ।
यस मिल बाट करानि सामुदायक बिकास केन्द्र मुगुले निमाण गरीएका ५ समुहका १सय ८ सदस्य र माग्री गाँउका १ सय ७१ घर परिवारले यो कुटानि पिसानि मिल बाट सेवा लिएको करानि सामुलाय सस्थाका कार्यक्रम संयोजक हस्त बहादुर बुढाले बताएका छन् ।
मुगु जिल्ला भुगौलिक बनावटबाट दुर्गम र पिछडिएको मुगमकामारोङ्ख गाँउपालिकामा १२ जनजाती वस्ती र ३ वटा हिन्दु धमालम्बिक वस्ती रहेका छन् । यहाँका सबै नागरिकहरु आकाशे पानीको भरमा खेति गर्ने गर्छन् । सबै पाखे खेतमा अन्न बाली लगाउने यस क्षेत्रका नागरिकहरु भात भन्दा रोटी,डिडो,थुक्पा जस्ता खाने कुरामा बढी प्रयोगमा ल्याउँछन् ।
त्यसैले सबैजसो नागरिकहरु घट्ट पिस्न ओखल जाँतोमा बढी पिठो पिस्ने भएका हुनाले अन्नहरू घट्टमा पिस्नका लागी निकै दुख पाउने गरेका थिए । अहिले करानि सामुदायक विकास केन्द्रको आसर्थक तथा प्राबिधिक सहयोगमा गाँउमै बिधुतिय मिल सञ्चालनमा आउँदा पिठो पिस्न निकै राहत भएको छ भने अर्कोतर्फ तराईबाट पिसेको पिठो बजारमा किन्दै खाँदै हैरान भएका माग्री बासीहरु अब गाँउमै ताजा पिठो पिसेर खान पाउँदा निकै सहज भएको माग्रीगाँउका ठिल्य लामाले बताएका छन् ।
यस गाँउमा बस्दै आएका स्थानिय नागरिकहरु परा पूर्व काल देखी गाँउ बाट २,३ घण्टा टाढा रहेको छायाल गाँउमा र चिमाथका गाँउमा रहेका पानि घट्टमा गहुँ,जाै,कोदो,मार्से लगाएतका अन्न बाली पिसानि गदै आएका थिए । कतिले कुटानिको लागि गाँउमा रहेका ओखलमा कुट्दै जीवन निर्वाह गदै आएका माग्री बासीहरु अहिले संस्थाले अनुदानमा कुटानि पिसानि विद्युतिय मिल गाँउमा सन्चालनमा ल्याएदेखी सहज भएकाे छ । अन्य गाँउमा २,३ घण्टा लगाएर कुटानि पिसानि गर्न जानै पर्ने बाध्यता अन्त्य भएपछि स्थानियबासी निकै खुसी भएका छन् ।
बिहान बेलुका जतिखेर गएपनि पिठो पिस्न पाएको मुगमकामारोङ्खगाँपालिका ८ माग्री गाँउकी छिरिङ्खछोमु लामाले बताएकी छन् । ''बर्खाको समयमा बन जङ्गलको बाटोमा बज्य-जन्तु , बाढी-पहिरो र हिउँदको समयमा हिउँ पैरोको डरमा ज्यानलाई बाजि राखेर चिमाथगाँउमा घट्ट पिस्न २ घण्टा लगाउनु पर्ने र समयमा घट्टपिस्न नपाउदा बास बसेर घट्टपिस्दै आएका थियौँ ।'उनले भनिन्,''बीच बाटोमा आउन जान आफ्नो ज्यान जोखिम राखी छाँयल गाँउमा घट्ट पिस्न जाँदा ती दुखका दिनहरु सम्झन्दा महिलाहरुले धेरै दुख पाएका थिए । अब अनुदानमा पाएकाे कुटानि पिसानि विद्युतीय मिल गाँउमै सन्चालन हुँदा निकै सहज भएको छ ।''