काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन संशोधनका लागि सुझाव माग गरेको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गरी सरोकारवाला सबैसँग सुझाव माग गरेको हो ।
मन्त्रीस्तरीय निर्णयबाट ‘श्रम ऐन, २०७४’ संशोधन मस्यौदा तयार गर्न श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । रोजगारदाता र श्रमिक संगठनको प्रतिनिधिसमेत रहेको कार्यदलले मस्यौदा तयारीको काम गरिरहेको मन्त्रालयले जनाएको छ ।
जारी सूचनामा संशोधनका लागि सुझाव पेस गर्र्दा कुन दफा÷उपदफा वा खण्ड संशोधन गर्नुपर्ने हो सोको प्रस्ताव र कारण खुलाई मन्त्रालयको इमेलमा पठाउन आग्रह गरिएको छ ।