वासिङटन् - अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन नेता डोनाल्ड ट्रम्प हालै दिवङ्गत भएका अमेरकी पूर्व राष्ट्रपति जिमी कार्टरको अन्त्येष्टि समारोहमा सहभागी हुने भएको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सवयंले पूर्व राष्ट्रपति जिम्मी कार्टरको अन्त्येष्टिमा सहभागी हुने बताएका हुन् ।
ट्रम्पले फ्लोरिडास्थित आफ्नो मार–ए–लागो स्थित निवासमा नयाँ वर्षको पूर्वसन्ध्यामा आयोजित समारोहका क्रममा पत्रकारहरूसँगको कुराकानीका क्रममा अन्त्येष्टि समारोहमा सहभागी हुने कुरा सार्वजनिक गरेका हुन् हो ।“हामीलाई निमन्त्रणा गरिएको छ, म त्यहाँ हुन्छु” ट्रम्पले भने। कार्टरको परिवारका कुनै सदस्यसँग कुरा भएको छ कि छैन भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने , “म भन्न चाहन्नँ।”
सन् १९७७ देखि १९८१ सम्म एक कार्यकाल अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेका कार्टरले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा मेलमार्फत मतदान गरेका थिए । एक सामान्य कृषकबाट अमेरिकाको सर्वोच्च प्रशासकीय पदको नेतृत्व गर्न सफल कार्टरको अन्त्येष्टि शनिबार उनको गृह राज्य जर्जियाबाट सुरु हुनेछ र जनवरी ९ मा वासिङ्टन नेसनल क्याथेड्रलमा समापन हुनेछ ।
समारोहमा अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्प अन्य महानुभावहरूसँगै उपस्थित हुने अपेक्षा गरिएको छ। आफ्नो कार्यकालको अन्तिम दिनहरूमा रहेका राष्ट्रपति जो बाइडेनले दिवङ्गत पूर्व राष्ट्रपतिले शोक सभामा उनले अमेरिका र विश्वप्रति गरेका कार्यहरूको चर्चा गर्ने अपेक्षा गरेका छन् ।
सन् २०१८ मा पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको निधनपछि ट्रम्प पूर्वराष्ट्रपतिहरू कार्टर, बाराक ओबामा र बिल क्लिन्टनका साथै उनीहरूका पति÷पत्नीका साथ राजकीय अन्त्येष्टिमा सहभागी भएको थियो । वासिङ्टनमा हुने शोक सभापछि कार्टरको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि जर्जियामा लगिनेछ ।