काठमाडाैं - २३औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज सम्पन्न भएकाे छ । सिन्दुपाल्चाेककाे सुकुटेमा नेपाल एसोसिएसन अफ राफ्टिङ्ङ एजेन्सिज् (नारा) ले २३औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज सम्पन्न गरेकाे हाे ।
नेपालको पर्यटन उदयोगको एउटा महत्वपुर्ण विद्याको रुपमा स्थापित साहसिक जलयात्रा व्यवसायीहरुको राष्टिय छाता संस्था नेपाल एसोसिएसन अफ राफ्टिङ्ग एजेन्सिज (नारा) को आयोजना र संस्कृती, पर्यटन तथा सहकारी मन्त्रालय, बागमती प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवईनात्मक सहकार्यमा नेपालको साहसिक जलयात्रा व्यबसायको बिकास, विस्तार, संरक्षण र प्रवर्धन उदेश्यका साथ सन् २००२ देखी संचालन हुदै आएको हाे ।
अन्तरराष्ट्रिय स्तरको 23rd Himalayan white water challenge यस वर्ष पौष २० र २१ गते (4,5 January 2025) सिन्धुपाल्चोक जिल्लाकाे प्रसिद्ध भोटेकोशी र बलेफी नदीमा आयोजना गरेकाे हाे । च्यालेन्जको संयोजक सहकोषाध्यक्ष ईन्दु वाग्लेका अनुसार कायाकिङ सलालम र कायाकिङ डाउन रिभर खेलमा १५ जना सहभागी थिए।
सहभागीहरूबाट अशोक चौधरीले ६५ मिनेटमा सलालममा प्रथम भएका छन् । डाउन रिभरमा भने कृष्ण खड्काले ८१ मिनेटमा सम्पन्न गरे । अोभरल खेलमा कृष्ण खड्का ८१ मिनेटमा पार गरेर प्रथम अशोक चौधरी ६५मिनेटमा पार गरी द्वितिय र ६०मिनेट लगाएर बिजय माझि तृतिय भएका छन् ।