काठमाडाैं - होटल संघ नेपाल(हान) ले 'नेपाल सत्कार दिवस-२०२५' आयोजना गर्ने भएको छ । आफ्नो स्थापना दिवसको अवसरमा संघले प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने गरेकाेमा यस वर्ष पनि 'नेपाल सत्कार दिवस-२०२५' आयोजना गर्ने एक पत्रकार सम्मेलन गरी जनाएको हाे ।
होटल संघ नेपालले पहिलाेपटक २०८० माघ २ गते काठमाडौंमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस आयोजना गरेकाे थियाे । होटल क्षेत्रले वर्षभरी भोगेका अवस्थाहरु र विकासका सम्भावना, चुनौतीहरु तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषयहरु सत्कार दिवसमा प्रस्तुति रहनेछन् ।
यस पालिको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको Nepal Hotel Yearbook 2025 को विमोचन हुने जनाइएकाे छ । सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै विदेशी पर्यटकहरुलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खानाहरु प्रदर्शनमा राखी सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनाहरुलाई सत्कार स्वरुप प्रस्तुत गरिने पनि संघले जनाएको छ ।
उक्त अवसरमा विभिन्न विधाका प्रायोजकहरुद्वारा प्रवर्द्धनमा राखिएका प्रदर्शनी कक्षहरु मुख्य आकर्षण रहने होटल संघ नेपालले जनाएको छ । यसकासाथै कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पऱ्याउनु हुने व्यक्तित्वहरुलाई पुरस्कृत गरिने जनाइएको छ ।
संघका अनसार उक्त कार्यक्रममा प्रायोजन गरी सहयोग गर्ने प्रायोजकहरुदलाई समेत सम्मान गरिने भएकाे छ ।दे शैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने संघकाे विज्ञप्तिमा उल्लेख छ ।