काठमाडौं – जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई बलात्कार मुद्दामा साढे ८ वर्ष कैद सजाय तोकेको छ ।
त्यसका साथै अदालतले राईबाट पीडितलाई क्षतीपूर्तिबापत डेढ लाख रुपैयाँ भराउने आदेश पनि दिएको स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
गत कात्तिकमा जोरपाटी माकलबारीमा उनले साथीको बहिनीलाई आफ्नै कोठामा बोलाई बलात्कार गरेको आरोप लागेको थियो । बलात्कार अभियोग लागेका अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका राईलाई संगठनले निलम्बित गरेको थियो ।