काठमाडाैं - सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड(तमोर)ले ९ औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ ।
मंगलबार सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड(तमोर) ले कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गतेका लागि सभा बोलाउने निर्णय गरेसँगै आफ्नो नवौं वार्षिक साधारण सभा (एजीएम) सम्पन्र गरेकाे हाे ।
सानिमा मिडिल तमोर हाइड्रोपार लिमिटेडमा ४ जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीको मंगलबार सम्पन्न नवौं वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालका लगि सञ्चालकहरू निर्वाचित भएका हुन् ।नियुक्त हुने सञ्चालकहरूमा संस्थापक सेयरधनीका तर्फबाट विनयकुमार श्रेष्ठ छन् ।
त्यस्तै संस्थापक सेयरधनी सानिमा माई हाइड्रोपावर लिमिटेडका प्रतिनिधिका रूपमा शिवकुमार बस्नेत, संस्थापक शेयरधनीबाट विनोद ओझा र सानिमा माईकै तर्फबाट सुमना न्यौपानेलाई नियुक्त भएका छन् ।
कम्पनीले ताप्लेजुङस्थित तमोर नदीको पानी सदुयोग गरी ७३ मेगावाटको जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।