काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयगत नीति निर्माणमा सक्रियता देखाएकाछन् ।मन्त्रालयकाे नेतृत्व समालेदेखि नै कानुनी शासनकाे बाटाेमा डाेर्याउने उदेश्यसहित माैजुुदा नीतिहरू प्रभावकारी नभएकाले मन्त्रालय मातहतका कानुन परिमार्जन,संशोधन र पुन: निर्माण कार्यलाई तिब्रता दिएका हुन्
यसैबीच मन्त्री पाण्डेकाे सक्रियतामा हाल पर्यटन नीतिकाे नयाँ मस्यौदालाई अन्तिम चरणका लागि छलफल जारी रहेकाे छ। बुधबार भएकाे छलफलका क्रममा मन्त्री पाण्डेले भने,'शासकीय स्वरूप परिवर्तन भएपनि पूरानै कानुन भएका कारणले मन्त्रालयका गतिविधिहरू प्रभावकारी बन्न सकेका छैनन् ।'
तीनिहरूलाई व्यस्थित र निर्देशित दिने काम नीतिले नै गर्ने गर्छ। पुराना ऐन संशाेधनदेखि नयाँ ऐन निर्माणकाे क्रम अन्तिम चरणमा पुगेका छन्। नीतिगत रूपमा कहाँ त्रुटी छन् त्यसकाे पहिचान गरि राजनीतिक दलकाे सक्रिय सहभागीता र सुझावमा आधारमा अन्तिम रूप दिने काम भईरहेकाे बताए ।
त्यसैगरी पर्यटन नीति २०८१ काे मस्यौदा निर्माणमा सहभागीता जनाउँदै नेकपा एमालेका महासचिव शंकर पाेखरलले नीति बनाउँदा सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यानदिनु पर्नेमा जाेड दिए । उनले भन्नुभयाे,सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यान दिनुपर्छ।नेपालकाे भविष्य पर्यटन क्षेत्रमा छ ।याे हाम्राेलागि अवसर पनि हाे।जलवायु परिवर्तनकाे विषय पनि ऐनमा समेटिनुपर्छ। उनले पर्यटकीय दृष्टिकोणले पूर्वभन्दा पश्चिमी क्षेत्र अझै सम्भावना रहेकाे उल्लेख गरे।
त्यस्तै पर्यटन नीतिकाे मस्यौदामा सहभागीता जनाउँदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०६५ सालकाे पुरानाे ऐनलाई प्रतिस्तावित गर्दै नयाँ बन्ने नीतिले सिमाङ्कनमा ध्यान दिनुपर्ने बताए। महामन्त्री थापाले भन्नुभयाे,नीति निर्माणकाे क्रम निरन्तरता हुनुपर्छ।पुराना कानुकाे पूनरावलाेकन हुनैपर्छ ।
नीति बनाउँदा सम्बन्धित अन्तरमन्त्रालयसँग समेत छलफल हुन जरुरी छ। पर्यकीय क्षेत्रमा सरकारभन्दा बढी नीजि क्षेत्र बढी सक्रिय र जिम्मेवार बन्न जरूरी छ। महामन्त्री थापाले पर्यकीय क्षेत्रकाे विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी गरे,खर्च गरे भन्ने कुरा महत्त्वपूर्ण रहेकाे बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु पर्नेमा समेत जाेड दिए ।
पर्यटन नीतिकाे मस्यौदामा मन्त्री पाण्डे,राष्ट्रिय याेजना आयाेगका सदस्य गंगादत्त अवस्थि,मन्त्रालयका सचिव गणेश पाण्डेय पर्यटन विभागका कार्यकारी निर्देशक सहसचिव डा नारायण रेग्मी,पर्यटन बाेर्डका कार्यकारी निर्देशक दीपकराज जाेशीसहित विज्ञ र जानकारहरूले,सक्रिय सहभागीता जनाएका छन् ।
-