काठमाडौं – अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि कोराना भाइरसबाट संक्रमित भएका छन् । गृहमन्त्री पिटरलाई शुक्रबार बिहान उठ्नेबित्तिकै ज्वरो र घाँटी दुखेपछि अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जाँदा कोरोना भाइरस पोजेटिभ देखिएको हो । संक्रमण भएको पुष्टि भएलगत्तै उनी अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको जनाइएको छ ।