काठमाडौं- नेपल एशोसियसन अफ राफ्टिङ एजेन्सिज (नारा)को ३६औॅं वार्षिक साधारसभा सम्पन्न भएको छ । काठमाडौंको मर्सयांदी होटेलमा नयाँ कार्यसमितिसहितको घोषणासॅंगै नाराको ३६औॅं वार्षिक साधारसभा सम्पन्न भएको हाे ।
नयाँ कार्यसमितिकाे अध्यक्ष पदमा कमल बहादुर ठकुरी,उपाध्यक्ष सूर्य लामा, सचिवमा देवराज जैसी ,काेषाअध्यक्षमा रित्त पद सदस्यमा विष्णु गुरूङ र सांघ्य कुमार तामाङ नियुक्त भएका छन् ।
नवनिर्वाचित अध्यक्ष कमल ठकुरीले भने 'जुनै पनि संस्थाकाे अाफ्नाे उद्देश्य हुने गरेकाले यस संस्थाकाे पनि पर्यटन लक्षित काम गर्नु नै हाे । नारामा अहिलेकाे परिस्थितिमा काम गर्न चुनाैति पनि रहेकाे छ । ' प्राकृतिक स्राेतकाे बढी प्रयाेग हुने भएकाले अहिले यससम्बन्धि भइरहेकाे काम र प्रयासलाइ नै निरन्तरता दिने उनले बताए ।
निवर्तमान अध्यक्ष शिव अधिकारीले गाैरावन्दित हुँदै भने ,'अाजकाे नयाँ कार्यसमितिमा अबकाे एक-दुइ वर्षमा नाराकाे अाफ्नै भवन हुनेछ । मैले साँढे चार कराेडकाे भवन निर्माणकाे लागि पहल गरी बनाउने भएका छाैं । अबकाे दुइ वर्षमा नाराले अाफ्नै भवनमा वार्षिक साधारण सभा मनाउने छ ।याे मेराे लागि एकदमै खुशीकाे कुरा हाे । '
कार्यक्रममा संघीय संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राज किशोर यादवले नेपालकाे पर्यटनका लागि भूमिका निर्वाह गर्ने नाराजस्ता संस्थाकाे विषयमा सरकारसमक्ष लबिङ गर्न व्यवसायीहरू मिलेर सुधार गर्न पत्र बुझाउन पहल गर्ने बताए ।