काठमाडौं– वरिष्ठ फोटोग्राफर मणि लामाले ‘नेपाल इन मोनोक्रोम’ नामक पुस्तक ल्याएका छन् ।काठमाडौंको तारागाउँ संग्रहालयमा आइतबार एक समारोहबीच लामाले आफ्ना तीन चेला फोटोग्राफरहरूका साथमा पुस्तक सार्वजनिक गरेका हुन् ।
लामाका चेलाहरू फोटोग्राफर प्रशान्त श्रेष्ठ, किशोर महर्जन र आशिष डंगोलले उनलाई साथ दिएका थिए ।फोटोग्राफर लामाले आफ्ना फोटोग्राफीको अनुभवसहित पुस्तक तयार गरेका हुन् । यसैगरी ‘ब्ल्याक एण्ड वाइट’ मा उनका फोटोहरू पनि प्रदर्शनीमा राखेका थिए । उनले झन्डै ७० वर्ष देखिका तस्वीरहरू प्रदर्शनीमा राखिएका थिए ।
अमेरिकामा कृषि पढेर आएका उनी जागिर नपाएपछि फोटोग्राफीमा होमिएका थिए । २०४७ सालअघि लामा पोस्ट कार्ड, पोस्टर, ग्रिटिङ कार्डमार्फत नेपाली जनजीवन र दृश्यहरू विदेशीलाई देखाउँथे । उनले पोस्ट कार्डहरू पनि निकाल्थे र ती अझै बजारमा फाट्टफुट्ट भेटिन्छन् । लामाले नै पहिलोपटक फोटो प्रदर्शनीको सुरूवात गरेको मानिन्छ ।
उनले आफ्ना तस्वीरहरू विक्रीका लागि पनि राखेका थिए । उनको हस्ताक्षरसहित 'नेपाल इन मोनोक्रोम' पुस्तक सहुलियतमा राखेका थिए । युनिसेफ, यूएनडीपी, डब्लूएफपी, डब्लूएचओ, अनमिन, जीटीजेट, कारितास, सेभ द चिल्ड्रेन ,यूके, यूएसए जस्ता यूएन एजेन्सी र आईएनजीओका लागि उनले फोटो खिच्ने काम गरेका थिए ।