जुम्ला - हिमाली जिल्ला मुगुमा हिजोआज अत्याधिक चिसो बढ्न थालेकाे छ । चिसो बढेसँगै तातोपानीमा नुहाउनेको भीड लागेकाे हाे । मुगुको सोरुगाँउपालिका वडा नम्बर ६ जिममा रहेको एक मात्र तातोपानी नुहाउन आउने स्थानियबासीहरुको भिड लाग्ने गरेको छ ।
तातोपानीमा नुहाउदा शरीरका भएका विभिन्न अंगहरु जोड्नी,छाला चिलाउने,शरीर झमझमाउने , बाथरोग ,टाउको,पेट दुखाईलगाएतका अन्य रोग ठिक हुने विश्वासले गर्दा पुर्खादेखि यहाँका स्थानिय नागरिकहरु तातोपानीमा नुहाउन आउने गरेका छन् ।
विषेश गरी पुस र माघ महिनाको पूर्णिमाका दिन तातोपानीमा नुहाउँदा थप राम्राे हुने यहाँका स्थानियहरुको विश्वासले दैनिक २०,२५ जना मानिस आउने गरेका छन्। हिजो आज तातोपानी नुहाँउनको लागि विशेष गरी बुढा बुढी ,महिना,बालबच्चाहरुको बढी भिड लाग्ने गरेको छ ।
यस तातोपानीमा नुहाउदा निकै आनन्द आउने स्नान गर्नेहरू बताउँछन्। स्थानियबासी कृष्ण बोहोराले भने ,'५ पटक सम्म तातोपानी नुहाएको छु । जति तातोपानी नुहायो त्यतिनै निरोगी हुन्छन् भन्ने विश्वासले नुहाउन आएको हुँ । यहाँ हिजोआज दैनिक धेरै मानिसहरु नुहाउन आउने गरेका छन् ।' तर यहाँको स्थानिय तहले बाटो, नुहाउर्ने धारा,कुण्ड लगाएत नुहाई सके पछि कपडा फेर्ने घर शौचालय लगाएतको पूर्वधारमा ब्यावस्था गरी दिएको भए धेरै आन्तरीक पर्यटकहरु तातोपानी नुहाउन आउर्ने र यस क्षेत्रका होटल पसल ब्यावसायीहरुमा पनि आम्दानीमा वृद्धि हुने स्थानियबासी बोहोराले बताए ।
मुगु जिल्लाको एक मात्र प्रख्यात रहेको पर्यटकीय क्षेत्र रहको तातोपानी हो । यस तातोपानीको प्रचार प्रचार नहुँदा ओझेलमा परेको छ । धेरै जसो मान्छेलाई मुगुको सोरुमा तातोपानी छ भन्नेनै थाहा छैन । यहाँको स्थानिय सरकारले डिपीआर भनेर ८ लाख भन्दा बढी खर्च गरी सक्यो ।
यस्तै गरी डिभिजन वन कार्यालय मुगुले ५ लाख अन्य सरकारी निकाय र पर्यटन विकास समिति लगाएत अन्य निकायबाट लाखाैँ बजेट ल्याएर थोरै मात्र काम गर्ने प्रवृति रजगज भएका हुनाले यस तातोपानीको प्रचार प्रचार हुन सकेको छैन ।
तातोपानीको नाममा प्रतेक वर्ष बजेट ल्याएर खर्च गरे पनि तातोपानी सरंक्षण र मर्मतसम्भारका काम नभएकाले बालुवामा पानि हाले जस्तो भइरहको छ। सोरुगाँउपालिका वडा नम्बर ९का अर्का स्थानियबासी सर्जन बहादुर शाहीले भने, 'यस तातोपानीलाई ब्यावस्थित रूपमा नुहाउने स्थान,बास बस्ने स्थान ,नुहाई सकेपछि कपडा फेर्ने पुर्वधार लगाएतको संरचना निमार्ण तथा ब्यवस्थापन स्थानिय सरकारले गरेमा तातोपानी नुहाउन आउने आन्तरिक तथा बाहिृय पर्यटकहरुकाे बढ्ने थियाे ।' यसका साथै यसकाे प्रचार प्रचार गरिएमा स्थानिय नागरिकहरुले उत्पादन गरेका रैथाने अन्नबालीको बिक्री वितरण हुनुका साथै आम्दानिमा पनि सुधार आउने स्थानियबासी बहादुर शाहीले बताए ।
सोरुगाँउपालिकाको मुख्य पर्यटक केन्द्र रहेको तातोपानी रहेका धारा,गुफा,कुण्ड,दह निमाणको लागी ८ लाख सम्म डिपीआर खर्च भएको छ । डिपीआर तयार गर्दा ,४,५ करोडको प्रोजेट निमार्ण भएको हुनाले स्थानिय सरकारमा यो प्रोजेट अनुसारको रकम नहुदा अहिले सम्म केही काम गर्न नसकेको हो । तातोपानी भित्र रहेका विभिन्न पूर्वधारका संरचना निमार्ण गर्नको लागी प्रदेश र संघ सरकारसँग बजेटको लागि पहल भईरहेको छ । यदी संघ र प्रदेश सरकार बाट बजेटको ब्यावस्था हुँन नसकेमा आफ्नै पालिकाको थोरै बजेट भएपनि तातोपानी भित्र रहेका धारा,दह,गुफा,कुण्ड निर्माण तथा संरक्षणमा लाग्ने सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।
यस तातोपानीको संरक्षण तथा प्रवद्धनको लागी राज्यका तीन तहका सरकारले बजेटको ब्यवस्था गरी तातोपानीका धारा,दह,कुण्डा निमार्ण गरी नुहाउन आउनेहरुको सहजताको लागी अन्य पूर्वधारको ब्यवस्था गर्नुपर्ने आवश्कता देखिन्छ । दैनिक तातोपानी नुहाउन आउने आन्तरीक पर्यटक हरुको संख्या वृद्धि गर्न सकेमा यस क्षेत्रमा बसाेबास गर्ने नागरिकहरुले रोजगारको अवसर मिल्नुका साथै आयआर्जनमा पनि सुधार हुने देखिन्छ ।