काठमाडौं– नेपाल एसबीआई बैंक र फोन पे पेमेन्ट सर्भिसबीच सम्झौता भएको छ । सम्झौतापत्रमा एसबीआई बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत शुभकान्त कानुंगो र फोन पे पेमेन्ट सर्भिसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार दुई संस्थाबीच क्यूआर मर्चेन्ट एक्युजिसन गर्ने सम्झौता भएको जनाइएको छ । उक्त सेवा अन्तर्गत बैंकबाट क्युआर मर्चेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आबद्ध रहेका अन्य बैंककोबाट पनि भुक्तानी गर्न सकिने जनाइएको छ ।