काठमाडौं - अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु नाै सयले बढेको छ ।
मंगलबार प्रतितोला रु एक लाख ५८ हजार एक सयमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ६० हजारमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजाे सुनको मूल्य रु एक लाख ५८ हजार एक सयमा काराेबार भएकाे महासंघले जनाएको हाे।
आज चाँदी प्रतितोला रु २० बढेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ७५ मा खरिदबिक्री भएकामा आज रु एक हजार आठ सय ९५ मा किनबेच भइरहेको छ ।