काठमाडौं– एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्गमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकलाई विभिन्न योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकलाई ‘जति धेरै स्क्यान एण्ड पे, त्यति धेरै पैसा’ भन्ने योजनामा मर्चेन्टहरूले १५,०००÷– रूपैयाँसम्म र ग्राहक महानुभावहरूले १,५००÷– रूपैयाँसम्म नगद प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्न सक्नेछन् । यो योजना अन्तर्गत ग्राहक तथा मर्चेन्टले २०७६ चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्नुपर्ने बैंकले जनाएको छ ।