काठमाडौं – नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आज आफ्नो १९औं वार्षिकोत्सव मनाउँदै छ । यही अवसरमा एसोसिएसनले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
सामाखुसीस्थित स्काइ रेस्टुरेन्ट एण्ड ब्यांक्वेटमा रक्तदान कार्यक्रम राखिएको एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिए । विगतदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको एसोसिएसनले यसपटक रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको उनको भनाइ छ ।
रगतको अभावमा कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने हेतुका साथ गर्न लागिएको कार्यक्रममा सहभागी हुन एसोसिएसनले आह्वान गरेको छ । रक्तदानमा जोकोहीले पनि सहभागी हुनसक्ने जनाइएको छ ।
कार्यक्रम बिहान १० बजेबाट सुरु हुने र दिनभर चल्ने जानकारी अध्यक्ष थापाले दिए ।