काठमाडौं - अन्तरराष्ट्रिय बजारमा डलरको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु चार सयले घटेको छ ।
बुधबार प्रतितोला रु एक लाख ६० हजारमा खरिदबिक्री भएको सुन आज प्रतितोला रु एक लाख ५९ हजारमा रु ६ सयले किनबेच भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीकाे मूल्य प्रतितोला रु २०ले घटेको छ । महासंघका अनुसार आज चाँदीकाे मूल्य प्रतितोला रु एक हजार आठ सय ७५ मा खरिदबिक्री भइरहेकाे छ ।
बुधबार चाँदीकाे मूल्य प्रतितोला रु एक हजार आठ सय ९५ मा किनबेच भएको थियाे ।