काठमाडौं– सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाता को सुर गरेको छ । रु ५,०००।–मा खाताखोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५०% को उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्तगर्न सक्ने जानकारी गराईन्छ । यो योजनामा संलग्न हुने ग्राहकहरूका निम्ति रू ५० हजारको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र रू ५ लाख सम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ । सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ ।