काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा एक लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ३०० रुपैयाँ घट्दै एक लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आइतबार तोलामा एक हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर एक हजार ८५० रुपैयाँ कायम भएको छ ।