काठमाडौं- तामाङ घेदुङ मलेसिया शाखाले सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित ग्रण्ड कन्टिनेन्टल होटलमा जनवरी २९ मा कार्यक्रम हुन लागेको संस्थाका सचिव सन्जिव तामाङले बताए ।
कार्यक्रमका लागि कलाकारहरु प्रकाश तितुङ, सुनिता लुङ्बा र सुबास मोक्तान नेपालबाट मलेसिया प्रस्थान गरिसकेका छन् । सोनाम ल्होछारको अवसरमा तामाङ समुदायले देश तथा विदेशमा साँस्कृतिक कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत गर्छन् ।
यसपटक माघ १७ गते सोनाम ल्होछार परेको छ । यसपटक डुक ल्होको बिदाइ र डुल ल्होको स्वागत हुँदैछ ।