काठमाडौं — कोरोना भाईरसका कारण विश्वभरका खेलकुद गतिविधिहरू प्रभावित बनेका छन् । कतिपय खेलाडीहरूमा पनि कोरोनाको संक्रमण देखिएपछि खेलतालिका प्रभावित बन्दै रद्ध गरिएको हो । चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्वका फुटबल, क्रिकेट जस्ता चर्चित खेलहरू प्रत्यक्ष प्रभावित बनेका छन् ।
कतिपय खेलाडीहरू क्वारेन्टाइनमै बस्न बाध्य भएका छन् भने कतिपय खेलतालिकाहरू अनिश्चित कालका लागि सारिएका छन् । यसैबीच विश्वका चर्चित फुटबल लिगहरू स्थगित गरिएको समाचार आइरहेका बेला क्रिकेटका पनि सम्पूर्ण गतिविधिहरू बन्द गरिएको छ ।
यसैबीच कोरोनाको आशंकामा पोर्चुगलका कप्तान एवं स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बस्न बाध्य भएका छन् भने फिओरेन्टिनाका अग्रपंक्तिका खेलाडी प्याट्रिक कट्रोनलाई पनि कोरोनाको आशंका गरिएको छ ।
फुटबलमा स्पेनिस लिग, इङ्लिस लिग, इटालियन लिग सबै लिगतहरू स्थगित भइसकेका छन् भने क्रिकेटमा भारतले आइपीएल क्रिकेटको तालिका सारेको छ भने विभिन्न देशहरू सम्मिलित एकदिवसीय सिरिजहरू रद्ध भएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६ ०६:१७