काठमाडौं – 'सुन्दर तिम्रो' म्युजिक भिडियो सार्वजनिक भएकाे छ । युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको नयाँ म्युजिक भिडियो "सुन्दर तिम्रो" सार्वजनिक भएको हाे।
डेकेन्द्र प्रडक्शन युट्युब च्यानलमार्फत रिलिज गरिएको यस गीतमा विपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत, र डिकेको सुमधुर स्वर रहेको छ। उत्कृष्ट छायांकनसहितको भिडियो एबिस फिल्म्स द्वारा निर्माण गरिएको हो, जसलाई निर्देशक अभिष थापाले कुशलतापूर्वक निर्देशन गरेका छन्।
भिडियोको छायांकन म्याग्दी जिल्लाको ऐतिहासिक बेनी बजार र आसपासका सुन्दर स्थानहरूमा गरिएको छ। प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको संगम रहेको बेनी बजार, कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित छ।
यो क्षेत्र केवल भौगोलिक रूपमा सुन्दर मात्र नभई, कला र संगीतको उर्वरभूमिका रूपमा पनि चिनिन्छ। गीतको भावनालाई जीवन्त बनाउन भिडियोमा नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ।