काठमाडौं – ट्राफिक प्रहरीलाई शनिबार राति दरबारमार्गमा चार हजार घुस दिन खोज्ने मोटरसाईकल चालक प्रेमनाथ सेडाइलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी लाइसेन्स बिना बा २८ प ४०४२ नम्बरको मोटरसाईल चलाएर आउँदै गर्दा चेकिङलाई पन्छ्याएर भाग्न खोजेका थिए ।
तर ट्राफिक प्रहरीले सोही बेला उनलाई नियन्त्रणमा लिएर चेक गर्दा उनीसँग लाइसेन्स नभएको दरबारमार्गका सइ मोतिलाल शर्माले बताए।
शर्माका अनुसार बाइक सेडाइकै भएपनि बिल बुक भने नवीकरण नभएको रहेछ । उनले ट्राफिक प्रहरीलाई चार हजार घुस रकम दिन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको शर्माले बताए ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६ ०८:३७