दमास्कस - बशर अल असदको सत्ताच्युत भएपछि सिरियाको अन्तरिम राष्ट्रपति बनेका अहमद अल–शराले पहिलो अन्तर्राष्ट्रिय भ्रमणका लागि आइतबार साउदी अरबतर्फ प्रस्थान गरेका छन् ।
सिरियाली राष्ट्रपति कार्यालयले ’राष्ट्रपति शरारा र असद अल–शैबानी साउदी अरबको पहिलो औपचारिक भ्रमण’ शीर्षकमा एउटा निजी जेटमा सवार शरा र उनका विदेशमन्त्रीको एक्सको तस्वीर पोस्ट गरेको थियो ।
गत डिसेम्बरमा असदलाई सत्ताच्युत गर्न नेतृत्व गरेका शरालाई बुधबार अन्तरिम राष्ट्रपतिमा नियुक्त गरिएको थियो ।साउदी अरबका राजा सलमान र उनका छोरा राजकुमार मोहम्मद बिन सलमानले शरालाई राष्ट्रपतिमा उनको आधिकारिक नियुक्तिसँगै सवैभन्दा पहिले बधाई दिएका थिए ।
सिरियाली अधिकारीहरूले युद्धले तहसनहस भएको आफ्नो देशको पुनर्निर्माण र अर्थतन्त्रलाई पुनर्जीवित गर्न धनी खाडी मुलुकहरूमाथि भरोसा गरिरहेका छन्। बिहीबार दमास्कसले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागत गरेको थियो, जसले ‘स्थिरतालाई सुदृढ गर्न र पुनर्निर्माण, विकास र समृद्धि परियोजनाहरूमा अगाडि बढ्नका लागि’ सिरियाली समाजको सबै पक्षको प्रतिनिधित्व गर्ने सरकार गठन गर्न तत्काल आवश्यकतामा जोड दिएका थिए।
दमास्कसका अनुसार दुवै पक्षबीच पुनर्निर्माणबारे छलफल भएको थियो । गत डिसेम्बरमा असदलाई सत्ताच्युत गरेयता सिरियाली नयाँ अधिकारीहरूले कूटनीतिक आगन्तुकहरूको निरन्तर प्रवाह प्राप्त गरेका छन्।