काठमाडौं - संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलय भएकाे उद्घाेष गरेका छन् ।साेमबार प्रा.डा.साेमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढनेका स्मारिका नामक पुस्तककाे विमाेचन गर्दै उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले भने, 'हामी जीवित सम्पदाहरूले धनी छाैं। विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन्।' यसलाई चलायमान् बनाउन आवश्यक छ।मन्त्री पाण्डेले सम्पदाहरू ठूलाे पूँजीकाे रूपमा रहेकाे उल्लेख गर्दै जल,जंगल र जडिबुटी जस्ता जैविक सम्पदाकाे संरक्षणकाे आवश्यकता अाैंलाए।
उनले प्राकृतिक सम्पदाहरू जाेगाउनका लागि प्राज्ञिक र एकेडेमीक रूपमा बहस र छलफल हुनुपर्नेमा जाेड दिए। उनले सम्पदाको अध्ययन,अन्वेषणहुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरि निष्कर्षमा पुग्नु पर्ने बताए। मन्त्री पाण्डेले हनुमानढाेका दरबार क्षेत्रकाे मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेकाे भन्दै प्रशंसा समेत गरे ।