काठमाडौं - युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकमठगी गरेको अभियोगमा आइतबार मदन भण्डरीलाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ परेका ३२ वर्षीय भण्डरी कास्की अन्नपूर्ण गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका- २६ सामाखुसी बस्दै अाएका थिए ।
भण्डरी ले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।