काठमाडौं - स्थानीय बजारमा सुनको मूल्य आज बढेकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार ७०० रूपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । साेमबार सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको थियाे ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ३० रूपैँयामा कारोबार भइरहेको छ । हिजाेचाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ९५ रूपैँयामा कारोबार भएकाे थियाे ।