काठमाडौं - स्थानीय बजारमा सुनको मूल्य सुनकाे मूल्य २२ सयले बढेकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रू २२ सयले बढेर एक लाख ६६ हजार ९०० रूपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार सुनको मूल्य प्रतितोला रु एक लाख ६४ हजार ७०० कायम भएको थियाे ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४५ रूपैँयाले बढेर एक हजार नौ सय ७५ रूपैँयामा कारोबार भइरहेको छ । हिजाे चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ३० रूपैँयामा कारोबार भएकाे थियाे ।