काठमाडौं - निर्देशक मिलन चाम्सको निर्देशनमा लभ स्टोरी जनराको चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा प्रेमकथामा अाधारित चलचित्र 'सुम्निमा' निर्माण हुने भएकाे हाे ।
चलचित्र ‘बिर बिक्रम’,’लिली बिलि’,’ब्लाइण्ड रक्स’,'बबी' ’गोर्खा वारियर’ जस्ता फरक फरक जनराको चलचित्र निर्देशन गरेर आफुलाई अब्बल निर्देशकको रुपमा प्रमाणित गरि सकेका निर्देशकचाम्सले लभ स्टोरी जनरामा याे चलचित्र बनाउने भएका छन् ।
चलचित्र 'सुम्निमा' नाम सुन्दा नारीको कथा लाग्ने भए पनि याे चलचित्र प्रेमकथामा बन्ने निर्देशक चाम्सले बताएका छन् । राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने बताईएको छ ।
चलचित्रको कलाकार र प्राविधिक टिम छनोटको क्रममा रहेको निर्देशक चाम्सले बताए। चाम्स द्वारा निर्देशित चलचित्र ‘अञ्जिला’ आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ।