काठमाडौं - काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले हारेकाे छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाइने दरल्याण्ड्सलाई १४६ रनको बलियो लक्ष्य दिएको थियाे ।
युवा ब्याटर पूजा महतोको अर्धशतकका बाबजुद नेपाल महिला ट्वान्टी–२० शृंखलामा घरेलु टोलीले नेपालले नेदरल्यान्ड्सविरुद्ध १० विकेटको लज्जास्पद हार बेहोरेको छ ।नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कालिसले सर्वाधिक ९८ रन बनाइन् । शतक बनाउन दुई रनले चुकेकी उनले ६९ बलमा ११ चौका र दुई छक्का प्रहार गरिन् ।
यस्तै, कप्तान इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रन थपे ।नेदरल्यान्ड्सकी एरिस ज्विलिङले दुई विकेट लिइन् । यस्तै, क्यारोलिन डे लिंगे र हिथर सिगेर्सले समान एक विकेट लिए । प्रतियोगितामा नेपालको यो लगातार पाँचौँ हार हो । तालिकाका पुछारमा रहेको नेपाल अंकविहीन छ ।
यस्तै, प्रतियोगितामा तेस्रो जित निकालेको नेदरल्यान्ड्स भने तालिकाको दोस्रो स्थानमा छ । नेपालले अब शुक्रबार अन्तिम खेलमा थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।