काठमाडौं - स्थानीय बजारमा सुनकाे मूल्य आज पनि बढेकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला रू १६ सयले बढेर एक लाख ६८ हजार ५०० रूपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहिबार सुनको मूल्य प्रतितोला रु एक लाख ६६ हजार ९०० रूपैँया कायम भएको थियाे ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रूपैँयाले बढेकाे छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैँयामा कारोबार भइरहेको छ । हिजाे चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७५ रूपैँयामा कारोबार भएकाे थियाे ।