काठमाडौं - काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले उपत्यकामा एक वस्ती एक गस्तीकाे याेजना ल्याउने बताएका हुन् ।
उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट हालसम्म भएका प्रगति विवरणहरूकाे जानकारीसँगै अन्तरक्रिया कार्यक्रममार्फत सल्लहासुझाव प्रहरीले लिएकाे छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले पत्रकारहरूकाे प्रश्नकाे उत्तर दिँदै भने ,'पत्रकारहरूले समाजका गतिविधिलाइ अाम जनतासमक्ष पुर्याउने महत्वपूर्ण भूमिका खेल्ने भएकाले याे अन्तरक्रिया गरेका हाैँ । ' कार्यक्रममा महानिरीक्षक तामाङका अनुसार अागामी दिनमा एक वस्ती एक गस्ती र युवासँग प्रहरी अभियान चलाउने याेजना रहेका बताए ।
यस्तै प्रवक्ता शेखर खनालले भने ' हालसम्म २०८१/८२ माघ २४ सम्ममा एक कराेड६५ लाख ७२ हजार ७७३ रूपाैँया जरिवाना उठाएकाे छ । ' उनका अनुसार अहिले एक प्रहरीले २८५ नागरिकहरूकाे सेवा गरिरहेकाे छ । हालसम्म विभिन्न कारबाहीमध्ये सीसीटिभीबाट हेरेर पचास हजारमाथि कारबाही गरेकाे प्रवक्ता खनालले बताए ।