काठमाडौं - स्थानीय बजारमा सुनकाे मूल्य आज चार सयले घटेकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रूपैँयाले घटेर एक लाख ६८ हजार १०० रूपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बिहिबार सुनको मूल्य प्रतितोला रु एक लाख ६८ हजार ५०० रूपैँया कायम भएको थियाे ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रूपैँयाले बढेकाे छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैँयामा कारोबार भइरहेको छ । हिजाे चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैँयामा कारोबार भएकाे थियाे ।