काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको संयुक्त प्यानल घोषणा भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था लोकतान्त्रिक एसोसिएसन र नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक मञ्चबीच सहमति जुटेपछि शनिबार संयुक्त प्यानल घोषणा भएको हो ।
लोकतान्त्रिक–गणतान्त्रिकको संयुक्त प्यानलबाट अध्यक्षमा भुवनसिंह गुरुङले उम्मेदवारी दिने भएका छन् । गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक गुरुङ संघका पूर्वद्वितीय उपाध्यक्षसमेत हुन् । आफू नेतृत्वको प्यानलबाट गणतान्त्रिक मञ्चले एक सचिवसहित दुई सदस्यमा उम्मेदवारी दिने सहमति जुटेको अध्यक्षका प्रत्यासी गुरुङले जानकारी दिए । गणतान्त्रिकका कुन्छादोर्जे डिम्दोङले सचिव पदमा उम्मेदवारी दिने भएका छन् । उनी आकृति रिक्रुटिङ प्रालिका सञ्चालक हुन् । यसैगरी गणतान्त्रिकबाट दुई सदस्यमा युनिभर्सल एचआर सोलुसन प्रालिका भरत सापकोटा र रिजा ओभरसिज प्रालिकी रेखा शर्मा छन् । यसबाहेक सबै पदाधिकारी र सदस्यहरु लोकतान्त्रिक एसोसिएसनबाटै रहेका छन् ।
प्रथम उपाध्यक्षमा नोकरी नेपाल प्रालिका नरेन्द्रप्रसाद ढकाल, द्वितीय उपाध्यक्षमा अलट ओभरसिज प्रालिका देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा इम्प्लोमेन्ट क्रियसन सर्भिस प्रालिका हर्कबहादुर लिम्बू उम्मेदवार बन्ने निश्चित भएको छ । यस प्यानलबाट महासचिवमा ग्लोबल राइजिङ प्लेसमेन्ट प्रालिका महेशकुमार बस्नेत र कोषाध्यक्षमा रोज ह्युमन रिसोस प्रालिकी सबिताकुमारी सिंहलाई उम्मेदवार बनाइएको छ ।
यसैगरी सदस्यका उम्मेदवारहरुमा विक्रम श्रेष्ठ (शुभहारती ओभरसिज प्रालि), विद्यालक्ष्मी वज्रचार्य (इम्पेरियल ओभर्सिज प्रालि), दीपककुमार राय (ब्रदर इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालि), देवीप्रसाद गिरी (हिमालयन भ्याली नेपाल प्रालि), सुवर्ण लामा (रसुवा ओभरसिज प्रालि) र सुमनराज पाण्डे (स्क्युर नेपाल प्रालि) रहेका छन् ।
अध्यक्षका उम्मेदवार गुरुङले लोकतान्त्रिक एसोसिएसनमा रहेको आन्तरिक विवादसमेत टुंगिएको बताए । यसअघि कुमुद खनाललगायत असन्तुष्ट समूहले छुट्टै प्यानल घोषणा गरेका थिए । गुरुङलाई उम्मेदवार बनाउने एसोसिएसनको निर्णयमा असन्तुष्टि जनाउँदै खनालको नेतृत्वमा प्यानल घोषणा भएको थियो । तर, शनिबारको सहमतिपछि लोकतान्त्रिक एसोसिएसन र गणतान्त्रिकको एउटामात्र प्यानल रहने गुरुङले बताए । ‘आन्तरिक विवाद अब केही छैन । मेरो नेतृत्वमा एउटै प्यानल चुनावमा जान्छ,’ उनले प्रभावसँग भने ।
लोकतान्त्रिक–गणतान्त्रिक संयुक्त प्यानल
अध्यक्षः भुवनसिंह गुरुङ
प्रथम उपाध्यक्षः नरेन्द्रप्रसाद ढकाल
द्वितीय उपाध्यक्षः देवकुमार खोखाली
तृतीय उपाध्यक्षः हर्कबहादुर लिम्बू
महासचिवः महेशकुमार बस्नेत
सचिवः कुन्छादोर्जे डिम्दोङ
कोषाध्यक्षः सबिताकुमारी सिंह
सदस्यः विक्रम श्रेष्ठ, विद्यालक्ष्मी वज्रचार्य, दीपककुमार राय, देवीप्रसाद गिरी, सुवर्ण लामा, सुमनराज पाण्डे, भरत सापकोटा र रेखा शर्मा