काठमाडाैं - सभामुख घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन शीघ्र रिहाइका लागि अरब सरकारलाई पत्र लेखेका छन् । सरकारी निकायकाे अाधिकारिक पत्रलाई मात्र अाधार मानेर विपिनकाे रिहाइका लागि विशेष पहल गरिने भन्दै अरबले मागेपछि नेपालका सभामुख देवराज घिमिरेले अरब सरकारलाई पत्र लेखेका हुन् ।
सभामुख घिमिरेले अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीलाई एक विशेष पत्र लेख्दै, हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि विशेष पहल गर्न अनुरोध गरेका हुन्।
पत्रमा यस्ताे लेखेका छन् ,'हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीलाई पत्र लेख्दै । मैले महामहिमलाई विपिन जोशीको सकुशल रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेको छु ।'
नेपाल सरकारले विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय कूटनीतिक मार्गहरू खोजीरहेका बेला युवा व्यवसायी रिजवान आलम उक्त पहलका लागि अघि सरेका हुन् । आलम लामो समयदेखि अरब मुलुकहरूसँग सम्बन्ध कायम गरि त्यहाँका उच्च अधिकारीहरूसँग राम्रो सम्बन्ध राख्दै अाएका छन् ।जसअनुरूप नेपालका केही उच्च सरकारी अधिकारीहरूले रिजवान आलमलाई हमाससँग वार्ता गर्न मद्दत गर्न आग्रह गरे। रिजवान आलमले तत्कालै आफ्नो प्रभाव प्रयोग गर्दै अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीसमक्ष यो मुद्दा उठाए।
रिजवान आलमको प्रत्यक्ष पहलपछि महामहिम अल-यमाहीले नेपाल सरकारलाई सुझाव दिएका छन् । उनकाे सुझाव पत्रमा यस्ताे लेखिएकाे छ ,' यदि नेपाल सरकारले आधिकारिक रूपमा अनुरोध पठायो भने, हमाससँग वार्ता गर्न अझ सरल हुनेछ। '
त्यसपछि नै नेपालका सभामुख देवराज घिमिरेले महामहिम अल-यमाहीलाई आधिकारिक पत्र लेखेका हुन् ।अब सबैको नजर अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल-यमाहीको निर्णयमा छ।
![bipib-letter-1739081436.jpg](https://www.prabhabonline.com/uploads/posts/bipib-letter-1739081436.jpg)